back
NMB ad

कर्मचारीहरु आइतबारदेखि काममा फर्कनु पर्ने !

Kumari bank ad

ओमान । शुक्रबारदेखि ओमानमा लकडाउन खुल्ने भएको छ । कोभिड–१९ महामारी सम्बन्धमा काम गरिरहेको सर्वोच्च समितिले मस्कट गभरनेट क्षेत्रको लकडाउन मे २९ देखि हटाउने भएको हो ।

समितिले सरकारी निकायहरुमा कम्तिमा ५० प्रतिशत कर्मचारी उपस्थित हुनुपर्ने निर्णय गरेको छ । योभन्दा पहिले कर्मचारीको न्युनतम उपस्थिति हुनुपर्ने निर्णय भएको थियो ।

प्रत्येक इकाईका प्रमुखले महामारीको प्रसारलाई रोक्न आवश्यक सावधानीका उपायहरु अपनाउँदै सरकारी निकायको नियमित गतिबिधि र कार्य सम्पादन गर्न सक्ने निर्णय भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

समितिको निर्णय अनुसार केही कर्मचारी वार्षिक बिदामा पनि बस्न सक्ने छन् भने बाँकी कर्मचारीहरुले मे ३१ अर्थात आइतबारदेखि काममा फर्कनु पर्नेछ ।

यस्तै इदको बिदाको समयमा सर्वोच्च समितिको निर्णय बिरुद्ध गतिविधिहरु भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न भएकाहरुलाई कारबाही गरिने रोयल ओमान पुलिसले जनाएको छ ।

सार्वजनिक स्थलमा जमघटहरु गरेको, समितिले बन्द गर्न निर्णय गरेका व्यावसायिक गतिबिधिहरु बन्द नगरेको, पुनः सञ्चालनका लागि अनुमति प्राप्त व्यावसायिक गतिविधिहरुमा सुरक्षा र सावधानीका उपायहरु पालना नगरेको र अनुहारमा मास्क प्रयोग नगरिएको भन्दै त्यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने भएको हो ।

यस्ता गतिविधि गर्नेलाई ओमान सरकारले फरक फरक जरिवाना तोकेको छ । जमघटको लागि आव्हान गरेको व्यक्तिलाई ओमानी रियाल १५०० र जमघटमा सामेल हुनेलाई ओमानी रियाल १०० तोकेको छ । यस्तै सार्वजनिक स्थलमा मास्क नलगाउनेहरुलाइे २० जरिवाना तोकेको छ ।

समितिको निर्णयको अवज्ञा गर्दै व्यवसायिक गतिबिधिहरु सञ्चालन गर्नेलाई ३ हजार ओमानी रियाल जरिवाना र अस्थाई रुपमा सम्वन्धित व्यवसायिक गतिबिधि बन्द गरिने छ ।

यस्तै आवश्यक सुरक्षाका उपायहरुलाई पालना नगरी व्यवसायिक गतिबिधिहरु सञ्चालन गर्नेहरुलाई १५ सय ओमानी रियाल र एक महिना सम्वन्धित गतिबिधिहरु बन्द गरिने निर्णय गरिएको दूतावासले जनाएको छ ।

वि.सं.२०७७ जेठ १५ बिहीवार १३:०५ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...