back
NMB ad

प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा छ : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले देखेको सपना साकार हुने चरणमा प्रवेश गरेको बताउनुभएको छ।

भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण तथा बोलपत्र आह्वानसम्बन्धी भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले सङ्घीय सरकारले सुरुङमार्गमा सहलगानी गर्न सहमती जनाएको विषयले आफूलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले परियोजनाको टेण्डर प्रक्रिया अघिका सम्पूर्ण प्रक्रिया सम्पन्न भएर टेण्डर आह्वानको चरणमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै यस कार्यमा सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

छलफलमा मुख्यमन्त्री पौडेलले सुरुङ निर्माणमा केन्द्र सरकारसमेत सहभागी हुने भएपछि बोलपत्र आह्वानको कामलाई दुईतीन दिन पर सार्न निर्देशनसमेत दिनुभयो । सुरुङमार्गमा सङ्घको लगानी कस्तो र कसरी हुने हो त्यसको विषयमा छलफल गरेर मात्रै टेण्डर प्रक्रियामा जाँदा उत्तम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले अबको ४२ महिनाभित्र सुरुङमार्ग तयार हुने बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धतासहित आफूहरु क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

छलफलमा मुख्यमन्त्री पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलियाले बोलपत्र आह्वानको चरणमा पुगेकोमा खुशी व्यक्त गर्नुभयो ।

त्यस्तै प्रदेशका प्रमुख सचिव तोयम रायाले काम शुरु गर्नुपूर्व नै सम्भावित जोखिमको आँकलन गरिनुपर्ने धारणा राख्नुभयो । उहाँले सुरुङमार्ग हेर्ने छुट्टै समूह बनाएर काम गर्न तथा अन्तिम अवस्था सम्म काममा रहने प्रतिबद्धता जनाउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गको टेण्डर प्रक्रिया शुरु गर्न आफूहरु तयार भएको बताउनुभयो । आजभोलि नै बोलपत्र आह्वान गर्न सकिने उहाँको भनाइ थियो । कार्यक्रममा सचिव भट्टले परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

कूल रु १९ अर्ब ३२ करोडको लगानीको अनुमान गरिएको सुरुङमर्गको लम्बाइ ३.२ किलोमिटरको हुने जनाइएको छ । उक्त परियोजनाभित्र भीमफेदीदेखि नै बाटो फराकिलो बनाएर दुईवटा सुरुङ, भीमफेदी खोलामा ५२ मिटरको र कुलेखानी खोलामा ३६ मिटरको पुल समेत बनिने जानाइएको छ । त्यस्तै सुरुङको कुलेखानी पट्टीको खण्डमा व्यवस्थित पार्किङ तथा मनोरम उद्यानसमेत निर्माण हुने छ ।

वि.सं.२०७७ जेठ १६ शुक्रवार २१:०९ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...