back
NMB ad

लकडाउनमा ‘होटल मामा भान्जा’बाट दुई जोडी पक्राउ

Kumari bank ad

रौतहट । रौतहटको चन्द्रपुरस्थित होटल मामा भान्जाबाट २ जोडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यौनजन्य धन्दा गरेको आशंकामा प्रहरीले २ युवती र २ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।

होटल मामा भान्जामा लामो समयदेखि यौन व्यापार हुने सूचनाको आधारमा शुक्रबार साँझ छापामारी ४ जना लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपी हेमबहादुर शाही ले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा रौतहटकै एकजना ५० वर्ष र अर्का ४० वर्षको पुरुष रहेका छन्। पक्राउ परेका युवती भने दुबैजना अन्य जिल्लाको भएको डिएसपी शाहीले बताए । पक्राउ परेका चारैजना नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भैइरहेको बताए ।

अहिले नै मुद्दा चल्ने न चल्नेबारे भन्न मिल्दैन अनुसन्धानपछि मात्र टुंगोमा पुगिने डिएसपी शाहीले भने । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रनिगाहपुरको अधिकाँश होटलमा यौन व्यापार हुँदै आएको पटक–पटक गुनासो सुनिँदै आएको छ ।

वि.सं.२०७७ जेठ १७ शनिवार १३:५५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...