back
NMB ad

बागमती प्रदेशको रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण : ४२ जना संक्रमित, २० जना निको

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित निको भई घर फर्केका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म प्रदेशमा देखिएका ४२ जना संक्रमित मध्ये २० जना निको भएका हुन् ।

बाँकी २० जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत् छन् भने हालसम्म सिन्धुपाल्चोक र ललितपुरमा एकरएक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका कुल १३ जिल्लामध्ये रसुवाबाहेक अन्य सबै जिल्लामा संक्रमित भेटिएका छन् ।  मन्त्रालयको तथ्यांकमा काठमाडौंमा १६, चितवनमा ६, भक्तपुरमा चार, धादिङमा तीन, मकवानपुरमा पाँच, ललितपुरमा २, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, नुवाकोट र दोलखामा एकरएक जनामा संक्रमण पुष्टी भएको उल्लेख छ ।

प्रदेशमा ९ हजार १४ जनाको पीसिआर बिधीबाट स्वाब परीक्षण र २५ हजार २ सय ३१ जनामा आरडिटीबाट एन्टिबडी परीक्षण गरिएको छ ।
यस्तै, सामाजिक विकास मन्त्रालयले स्थापना गरेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा हालसम्म एक हजार ७ सय २३ जनाको स्वाब परीक्षण गरिएको छ ।

शुक्रबार प्रयोगशालामा ल्याइएको ७० वटा संकलित स्वाब परीक्षणको क्रममा रहेको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा.पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । प्रयोगशालामा एक पटकमा ६० वटा स्वाब परीक्षण गर्न सकिने सेढाईंले बताए ।

वि.सं.२०७७ जेठ १७ शनिवार १४:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...