back
NMB ad

लकडाउनकै बिच सदस्य सचिव उपाध्यायले ल्याए एकैसाथ चार कृति

Kumari bank ad

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् ।

स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा ‘प्रेक्षित’ले वि.संं २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब एक हजार दुई सय हाइकुमध्येबाट उत्कृष्ट दुई सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरेको बताए ।

स्रष्टा ‘प्रेक्षित’को ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् ।

यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचनाहरू समावेश छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ ।

दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन् ।

यसै गरी स्रष्टा ‘प्रेक्षित’को चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे ‘प्रेक्षित’ले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

‘प्रेक्षितका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन् ।

स्रष्टा ‘प्रेक्षित’का उक्त कृतिहरू नेपाली साहित्यमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएका हुन् ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...