back
NMB ad

विदेशबाट फर्कनेलाई नेपाल टेलिकमको सिमकार्ड निःशुल्क

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ ।

सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ ।

यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको जनाएको छ । यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ ।

स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने छ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...