back
NMB ad

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली कार्यक्रम

Kumari bank ad

बागलुङ ।  आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका अभिभावकको निधनप्रति शोक व्यक्त गर्दै बिहीवार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाले सञ्चालन गरेको शेयर सदस्य र सदस्यका परिवारका सदस्यहरुको निधनमा प्रदान गरिने मृत्यु राहत रकम अन्तरगत बिहीवार बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरमा श्रद्धाञ्जली सभा गरी मृत्यु राहत रकम प्रदान गरेको हो ।

संस्थाका शेयर सदस्य कुसुम बुढा मगरकी सासुआमा खैसरा पुनको निधन भएको सातौ दिन पारेर संस्थाले मृतकको घरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

संस्थाका बरेङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्मा र उपसमितिका सदस्यहरु गिरीप्रसाद पौडेल र झमबहादुर पुनले संस्थाले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम र श्रद्धाञ्जली वक्तत्व परिवारका सदस्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी खेमा पुनले गर्नु भएको थियो । संस्थाले शेयर सदस्यको निधनमा १५ हजार र सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया मृत्यु राहत रकम प्रदान गर्दै आइरहेको छ ।

साविक धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारी संस्थाका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक पत्रिका, अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ ।

धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको संस्थाले सूचना र सञ्चारसंगै वित्तीय कारोबार लगायत सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थामा हाल २ हजार जना शेयर सदस्य, ४ करोड शेयर रकम, २३ करोड वचत, २४ करोड कर्जा लगानी रहेको संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले जानकारी दिनुभयो ।

वि.सं.२०७७ जेठ २२ बिहीवार १७:५३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...