back
NMB ad

कोरोनाको महामारीपछि नेपालको खेलकूद लयमा फर्किन्छ : खेलकुदमन्त्री विश्वकर्मा

Kumari bank ad

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताउनुभएको छ ।

आर्थिक वर्ष २०७७/७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पार्नुभयो ।

“पुरानै तथा अत्यावश्यक काममा मात्र खर्च गरिनेछ’’, उहाँले भन्नुभयो । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्राम अन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ । ’’ आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भन्नुभयो ।

सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।

केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रीत रहेको आरोपको खण्डन गर्दै उनले बजेट कुनै क्षेत्र र तहमा केन्द्रीत नरहेको स्पष्ट पार्नुभयो । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उहाँको भनाइ थियो ।

आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उहाँले शौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो ।

आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ ।

वि.सं.२०७७ जेठ २७ मंगलवार ०८:२२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...