back
NMB ad

एनसेल र खल्ती विच सहकार्य : एनसेलको डाटा प्याक अब ’खल्ती’ एप्पबाटै किन्न सकिने

Kumari bank ad

काठमाडौं । ’खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र भ्वाइस प्याक अब ’खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै Khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । ’खल्ती’बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् ।

एनसेलका प्याक किन्ने सुविधा दिन ’खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेको छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूको विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याकको अवधिको समेत जानकारी पाउन सक्ने छन् ।
एनसेलको डाटा प्याक किन्न ’खल्ती’को मोबाइल एप वा Khalti.comवेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँको गृहपृष्ठमा डाटा प्याक्स मेनु उपलब्ध छ ।

त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ । त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हो, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक को भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ ।

ग्राहकले ’खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंग वा इन्टरनेट बैंकिंगमध्ये कुनै विकल्प छानेर डाटा प्याक को भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलको भ्वाइस प्याक समेत खरिद गर्न सकिनेछ ।

एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भन्नुहुन्छ, “हामी डिजिटल प्लेलफर्म उपयोग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छौं । ’खल्ती’ डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छौं । ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छौं ।’  एनसेलका ९८ .९९ पैसादेखि १०४०.६५ रूपैयाँसम्मका प्याक ’खल्ती’मा उपलब्ध छन् । तोकिएको भोलुमको डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन ।

’खल्ती’का निर्देशक अमित अग्रवाल एनसेल सँगको सहकार्यमा मोबाइल एप र ’खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ’खल्ती’बाटै परिवारका सदस्य र आफन्तहरूलाइ समेत डाटा किनेर उपहार दिन सकिने अबस्था आएको बताउनु भयो ।

‘’खल्ती’बाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएको छ,’ उहाँले भन्नु भयो, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलो भएको छ ।’  लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भोग्नेहरूलाइ एनसेल र ’खल्ती’को सहकार्यले निकै सहज बनाइदिएको छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयोग गरिरहेका छन् ।

पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला मोवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयोगकर्ताहरूलाइ निकै सहज भएको छ । ’खल्ती’ वालेटबाटै मोवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर कोट्याउनु पर्ने र लामो अंकको पिन सम्झिनु पर्ने अबस्थाबाट मोवाइल प्रयोगकर्ता मुक्त हुँदै गएका छन् ।

’खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ’खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

वि.सं.२०७७ असार २ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...