घुस रकमसहित आधा दर्जन कर्मचारी प्रकाउ

काठमाडौं । मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत लगायत ६ जना घुस रकमसहित पक्राउ परेका छन् ।

भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

आयोगको टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, नासु उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई पक्राउ गरेको छ। आयोगले सेवाग्राहीबाट लिएको ८ लाख ५० हजार रुपैयाँ घुससहित एक पार्टी प्यालेसबाट पक्राउ गरेको हो ।

टोखा नगरपालिका वडा नं. ९ सामाखुशी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

२०७७ असार ३ गते १४:४५ मा प्रकाशित

You can share this post!

कोरोनाको औषधी : बेलायतमा डेक्सामेथासोनको प्रयोग सफल

कोरोनाको औषधी : बेलायतमा डेक्सामेथासोनको प्रयोग सफल

Related posts