दूतावासका कर्मचारीमा कोरोना संक्रमण

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासका कर्मचारीमा कोरोना भइरसको संक्रमण देखिएको बताइएको छ । यहाँ कामगर्ने कूटनीतिज्ञ तथा अरु स्थानीय कर्मचारीहरुमा पनि कोरोनाको संक्रमण देखिएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

तर विदेश मन्त्रालयले यहाँका कतिजना कर्मचारीमा यसको संक्रमण देखिएको हो भन्ने बारेमा भने केही जानाकरी दिएको छैन । विदेश मन्त्रालयले यसको यकिन तथ्यांक नदिएको भए पनि त्यहाँ काम गर्ने करिब २० जनामा यो संक्रमण देखिएको पाइएको छ ।

तीमध्येका धेरैजसो अफगानिस्तानको राजधानी काबुलको सो दूतावासमा सुरक्षा प्रदान गरिरहेका नेपाली गोर्खाहरु रहेको बताइएको छ । तर दूतावासमा आवश्यक सबै स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाइएको बताउँदै संक्रमितहरुलाई आइसोलेसनमा राखिएको र आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गरिएको सो दूतावासले जनाएको छ ।-एपी

२०७७ असार ६ गते २०:१३ मा प्रकाशित

You can share this post!

थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

थप ३३१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

Related posts