back
NMB ad

६ दिनमा १४ अर्ब ६५ करोड राजस्व संकलन : ठूला व्यवसायीलाई कर तिर्न फोन मार्फत् नै आग्रह

Kumari bank ad

काठमाडौं । लकडाउनले प्राभावित बनेको राजस्व संकलन पछिल्लो ६ दिनमा १४ अर्ब ६५ करोड रुपैयाँ संकलन भएको छ ।

जेठ एक महिनामा ४० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले बैशाखमा भने जम्मा १६ अर्ब रुपैयाँमात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ ।

कठोर लकडाउन भोगेको वैशाखमा कम राजस्व संकलन भएको थियो । सरकारलाई अहिले खर्च जोहो मै समस्या छ । सरकारले राजस्व उठाउने समय पटक—पटक पछि सारेतापनि पछिल्लो समय असार ७ गतेसम्म राजस्व बुझाउन सूचना जारी गरेको थियो ।

तर, यता सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनपछि मात्र कर उठाउन निर्देशन दिएपछि अहिले सरकार दबाब दिएर कर उठाउन सक्ने पक्षमा छैन ।

तर, अर्थमन्त्रालयका पदाधिकारीले ठूला—ठूला व्यवसायीलाई कर तिर्न फोन मार्फत नै आग्रह गर्न थालेका छन् । व्यवसायीले आग्रह पालना गर्दै कर तिर्न थालेका छन् । यता बैंकहरुले पनि कर तिर्ने भनेका छन् ।

वि.सं.२०७७ असार ८ सोमवार १४:२१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...