असार २१ देखि साधाना लघुवित्तको आईपीओ निष्काशन हुने, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ असार २१ गतेदेखि निष्काशन हुने भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक सुचना जारी गर्दै असार २१ गतेदेखि आईपीओ बिक्रीमा ल्याउने जनाएको हो ।

उक्त आईपीओमा छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ ।  कम्पनीकाअनुसार आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

लघुवित्तले प्रति कित्ता रु. १०० मा ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । त्यसमा१० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएको छ ।

जसअनुसार सर्वसाधारणले बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता आईपीओ दिन सक्ने छन् । लघुवित्तको यस आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तको आधारभुत पक्ष औषतभन्दा पनि तल भएको बताउछ ।

२०७७ असार १४ गते ११:५१ मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल बैंकको अधिकृतमा नाम निकाल्न सफल १४३ जना उम्मेदवारहरु (नामावलीसहित)

यी हुन् नेपाल बैंकको अधिकृतमा नाम निकाल्न सफल १४३ जना उम्मेदवारहरु (नामावलीसहित)

Related posts