back
NMB ad

महिलालाई नाङ्‍गै बनाएर एक्सरे गर्ने स्वास्थ्यकर्मी पक्राउ

Kumari bank ad

दाङ। उपचारका लागि अस्पताल पुगेकी एक महिलालाई नाङगै बनाएर एक्सरे गर्ने एकजना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको घोराहीमा रहेको नीजि अस्पताल गोरखा अस्पतालमा महिलालाई नांगै बनाएर एक्सरे गरेको आरोपमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेका हुन्।

घोराहीको १५ मा रहेको गोरखा हस्पिटलमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई नाङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको दाङ प्रहरीका प्रवक्ता डीएसपी सुमित खड्काकाले बताए ।

डाँगीलाई सोमबार बिहान पक्राउ गरिएको हो । उनका अनुसार महिलाका श्रीमानले ती स्वास्थ्यकर्मीले आफ्नी श्रीमतीलाई छातीको एक्सरे गर्दा नाङ्‍गै बनाएको भन्दै उजुरी दिएका थिए । उजुरीमा छातीको एक्सरे गर्दा छातीको भागका कपडाका साथै कम्मरमुनी समेत कपडा खोल्न लगाएर नाङ्‍गै बनाएको उजुरीमा उल्लेख भएको खड्काले बताए ।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता खड्काले जानकारी दिए ।

वि.सं.२०७७ असार १५ सोमवार १५:३३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...