काठमाडौं । शिक्षक सेवा आयोगले पुनर्योग नतिजा सम्वन्धि विभिन्न सूचना जारी गरेको छ । आयोगको लाइसेन्सको पुनर्योग नतिजा सम्वन्धी सूचना निकालेको हो ।
माध्यामिक तह तर्फका विभिन्न विषयको विभिन्न प्रदेशका पुनर्योग नतिजा प्रकाशन गरेको सूचना उल्लेख छ । आयोगले स्थायी अध्यापन अनुमतिपत्र मावि तह सामाजिक विषयको बागमती, गण्डकी र कर्णालीको पुनर्योगको नतिजा निकालेको हो ।
यस्तै आयोगले मावि तहकै विज्ञान विषयको गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको पुनर्योग नतिजा निकालेको जनाएको छ । त्यसैगरि मावि तह तर्फकै कवि र बाली विज्ञान विषयको पुनर्योग नतिजा प्रकाशन गरेको हो ।
सबै विषयको पुनर्योग नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
वि.सं.२०७७ असार १५ सोमवार १७:३२ मा प्रकाशित