back
NMB ad

कार्यालयमा अपांग महिला कर्मचारीमाथि हातपात गर्ने पुरुष कर्मचारी बर्खास्त

Kumari bank ad

एजेन्सी । भारतको नेल्लोरमा पर्यटन कार्यालयमा मंगलवार एक अपांग महिलामाथि उपव्यवस्थापकले हातपात गरेको घटना भिडियोमा कैद भएको छ ।

पर्यटन अधिकारीहरूका अनुसार, पीडितको नाम उषा रानी हो । सिनियर असिस्टेन्ट रानीले उपव्यवस्थापक सी भास्करलाई प्रोटोकल मुताबिक मास्क लगाउन भनेकी थिइन् । आफूभन्दा तल्लो तहको कर्मचारीले आफूलाई आदेश दिएको भन्दै रिसको सुरमा उनले रानीमाथि आक्रमण गरेका थिए ।

भिडियोमा भास्करले महिलालाई कपाल समातेर घिसारेको र काठको लट्ठीले हिर्काएर गम्भीर घाइते बनाएको देखिन्छ । कार्यालयको सीसीटीभी क्यामरामा कैद भिडियो सामाजिक सञ्जालमा लीक भएपछि तत्कालै भाइरल भयो र भास्करको चौतर्फी निन्दा भयो ।

उषाले नेल्लोर प्रहरीमा भास्करविरुद्ध उजुरी दिएकी छन् । पर्यटन कार्यालयका प्रबन्ध निर्देशक प्रवीण कुमारले भास्करलाई तत्कालै पदबाट बर्खास्त गरे र उनीविरुद्ध अनुशासनात्मक कारवाहीका लागि छानबीन समिति गठन गरे ।

वि.सं.२०७७ असार १६ मंगलवार १६:२२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...