back
NMB ad

एनएमबी बैंकले ३ अर्ब ऋण ल्याउँदै

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले एनएमबी बैंकलाई झण्डै ३ अर्ब (२ करोड ५० डलर) ऋण दिन लागेको छ । निगम विश्व बैंक अन्तर्गतको एक अंग हो ।

निगम र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । एनएमबी बैंकले कृषि जलविद्युत, पूर्वाधार, लघुवित्त, उद्योग, पर्यटन तथा साना तथा मझौला उद्योगमा लगानी गरेर अर्थतन्त्रलाई गति दिइरहेको छ ।

निगमबाट लिइएको ऋण सम्झौताले हरित परियोजना र साना तथा मझौला उद्योगमा कर्जा लगानी विस्तार गर्न सहयोगी भूमिका खेल्ने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसीले बताए ।

यो रकम हरित आयोजना र साना तथा मध्यम व्यवसाय प्रवर्धनमा लगानी हुने भएको छ । सन २०२५ मा एनएमबीको एसएमई पोर्टफोलियो १ अर्ब डलर पुग्ने निगमले जनाएको छ । यसबाट आगामी ५ वर्षमा थप ५० हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा निगमको रहेको छ ।

वि.सं.२०७७ असार १६ मंगलवार १८:०० मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...