back
NMB ad

संघीय सरकारले नियुक्ति गरेका कर्मचारी फिर्ता, करारमा नयाँ भर्ती !

Kumari bank ad

काठमाडौं । स्थानीय तहमा नगरप्रमुखको मनमानी रहेको पाइएको छ । नगरप्रमुखले आफ्नो मनमानीमा करारमा कर्मचारी भर्ती गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगको सिफारिस पत्रअनुसार नियुक्ति पत्र दिएका कर्मचारीलाई फिर्ता पठाएको पाइएको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले संघीय मन्त्रालयले ७ असारमा नियुक्ति पत्र दिएर पठाएका चार वटा सव इन्जिनियरलाई सो दिन नै फिर्ता पठाएको हो ।

संघीय प्रशासन मन्त्रालयले लोक सेवा आयोग जलेश्यर कार्यालयको ३१ जेठ २०७७ को सिफारिस पत्रअनुसार कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को उप दफा ३ बमोजिम ७ असारमा सुखीपुर नगरपालिकाको कार्यालयमा चौथो असिस्टेन सव इन्जिनियर पदका लागि नियुक्ति पत्र दिएको थियो ।

मन्त्रालयले सो पदमा सिरहा विधानगर ६ बस्ने प्रबुद्ध कुमार यादव, सप्तरी काचन ५ का ममता कुमारी दास, तेनुवापट्टी ३ सिरहाका अनन्दकुमार यादव र तरेगना गोविन्दपुर ८ सिरहाका लिलाकान्त चौधरी नियुक्त पठाएको थियो ।

संघीय मन्त्रालयले सबइन्जिनियर पदका लागि उनीहरूलाई १ वर्षको परिक्षण कालमा रहने गरी नियुक्ति गरेर दिएको थियो । तर मन्त्रालयले नियुक्ती दिएर पठाएकै दिनमा यो कार्यालयमा उक्तपदका लागि कुनै काम नभएको भन्दै नगरप्रमुख राम औतार यादवले चारै जनालाई फिर्ता पठाएको सव ईन्जिनियर पदका लागि सो नगरपालिमा नियुक्त भएका सव इन्जिनियर प्रबुद्धकुमार यादवले बताए ।

प्रबुद्ध यादव भन्छन्, ‘आफुहरुले लोक सेवा आयोजबाट खुला पदमा लडेर लोक सेवा पास गरेर नाम निकालेर काम गर्न जाँदा नगरप्रमुख यादवले काम छैन भन्दै फिर्ता पठाएपछि यतिकै बस्न बाध्य छौं ।’ नगरप्रमुख यादवले रिक्त पदमा आफ्नो मनमानीमा आफ्ना कार्यकर्तालाई करारमा राखेर छ ।

संघीय सरकारले हामीले नियुक्ति दिएर पठाएपछि आप्mले करारमा राखेका कर्मचारीलाई कुनै हालतमा पनि ननिकाल्ने बताउँदै आएका छन् । स्थानीय स्रोतका अनुसार नगरप्रमुख यादवले चार जान करारमा कर्मचारी राखेका छन् ।

यादवले मनोजकुमार साह, अनिल दास लगायत चार जानलाई करारमा कर्मचारी भर्ती गरेका छन् । स्रोतका अनुसार नगरपालिकामा चार वटै स्थायी दरबन्दी खाली छ । सो स्थाइ दरबन्दीमा नगरप्रमुखले आप्mनो कार्यकर्तालाई भर्ती गरेको उनका भनाइ छ ।

नगरप्रमुख राम औतार यादवले सुखीपुर नगरपालिकामा अहिले सब इन्जिनियर पदमा कर्मचारीका लागि कर्मचारीको आवश्यकता नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति दिएर पठाएका चार वटा कर्मचारी फिर्ता गरेको राजधानी दैनिकलाई जानकारी दिए ।

उनले सो नगरपालिकामा पहिले नै पाँच जान थाइन कर्मचारी कार्यरत नै रहेको उनको दाबी छ । नगरप्रमुख यादवले आपूmले आन्तरिक स्रोतबाट दुई जान कर्मचारी करारमा राखेको समेत स्वीकारेका छन् ।

उनले दुई जना करारमा राखेका कर्मचारीलाई राजस्वसँग भएको आर्थिक स्रोतबाट तलब दिइरहेको बताए । यसैगरी उनले सुखीपुर नगरपालीका लागि सब इन्जिनियरको चाहियो भनेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई माग नगरेको बताए ।

लोक सेवा आयोगको सिफारिस पत्रअनुसार कर्मचारी समायोजन ऐन २०७५ बमोजिम आवश्यक स्थानीय तहलगायत ठाउँमा नियुक्ति दिएर पठाएका कर्मचारीलाई फिर्ता गर्न नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।

उनले यदि कुनै स्थानिय तहले यसरी पठाएको हो भने सो सिधा कानुन विपरित हुने बताए । स्थायी दरबन्दी खाली हुँदा हुँदै कसैले पनि करारमा मनपरी कर्मचारी राख्न नपाइने प्रवक्ता अधिकारीले बताए । उनले सुखीपुर नगरपालिकाले कर्मचारीका माग गरेपछि कर्मचारी समायोजन ऐन बमोजिम कर्मचारी पठाएको जानकारी दिए ।

तर सुखीपुर नगरपालिकाले नियुक्ति पत्र दिए पठाएका कर्मचारी फिर्ता पठाएको जानकारी नभएको उनले बताए । नियुक्ति पत्र दिएका कर्मचारी फिर्ता पठाएको वा नपठाएको के कस्तो बुझेर अघि बढ्ने उनले बताए । -राजधानी दैनिकबाट

वि.सं.२०७७ असार १७ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...