back
NMB ad

बिहेको भोज खान गएका १११ मा कोरोना संक्रमण

Kumari bank ad

एजेन्सी । भारतको बिहारमा हालै सम्पन्न एउटा विवाह कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ । उक्त विवाह समारोहमा उपस्थित ३ सय ५० मध्ये १ सय ११ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको एनडीटीभीले जनाएको छ।

गत जुन महिनाको १५ तारिखमा एक इन्जिनियर युवाको विवाह तय भएको थियो। ती युवाको विवाहको भोलिपल्टै मृत्यु भएको थियो।विवाहको मिति नजिकै आइसक्दा उनी बिरामी परेका थिए। उनलाई पटना अस्पतालमा डाइरियाको उपचार पनि गरिएको थियो।

बिरामी छँदै उनको विवाह गरिएको थियो। विवाहको भोलिपल्टै मृत्यु भएका उनको कोरोना भाइरसकै कारण ज्यान गएको आशंका गरिएको छ।

यद्यपी उनको कोरोना परीक्षण नगरी अत्येष्टि सकिएको थियो। मानिसहरुले शंका लागेर परीक्षण गराउँदा १ सय ११ मा कोरोना देखिएको जनाइएको छ।

अधिकारीहरुका अनुसार मृतक बेहुलाका आफन्तमा कोरोना देखिएपछि जुन २४ देखि २६ सम्म विवाहमा उपस्थित मानिसको पहिचान गरी परीक्षण गरिएको थियो।

वि.सं.२०७७ असार १७ बुधवार १५:४० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...