back
NMB ad

कर्णाली करिडोर : हिल्सा ट्रयाक असारभित्र खोलिँदै

Kumari bank ad

सिमकोट । कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडकखण्डको ट्र्याक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । सडकको बाँकी खण्डमा विस्फोट, मेसिन र कामदारले एकसाथ तीव्र रूपमा काम अघि बढाइएपछि ट्र्याक खोल्ने कार्य असारमा सकिने भएको हो ।

हिल्सा–सिमकोट सडक आयोजनाको धारापोरीदेखि च्याछरासम्मको खण्डमा बाँकी रहेको २५० मिटर क्षेत्रमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले निर्धारित समयमा ट्र्याक खोल्ने कार्य सकिने आयोजनाका योजना प्रमुख शशाङ्क मिश्रले जानकारी दिए ।

ट्र्याक खोल्न बाँकी रहेको क्षेत्रमा दुईवटा मेसिन, विस्फोटका लागि होल खोप्ने, कामदारले जाली भर्ने तथा जमिन सम्याउने कार्य एकसाथ भइरहेकाले निर्धारित समयमा काम सम्पन्न हुने उनले बताए ।

अबको चार/पाँच दिनमा हिल्सा–सिमकोट खण्डकै निकै कठिन मानिएको च्याछरा भीरमा चट्टान विस्फोट गरी सतह मिलाउने कार्य सम्पन्न गरेर ट्र्याक्टर गुडाइने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

वि.सं.२०७७ असार १८ बिहीवार ०७:४० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...