back
NMB ad

किलो कै १२ लाख पर्ने विश्वको सबैभन्दा महँगो काठ !

Kumari bank ad

एजेन्सी । केहि रुखका काठ अविश्वसनीय रूपमा महँगो हुने गर्दछन् । केहि दुर्लभ भएका कारणले पनि महँगो हुन्छन् । आम काठभन्दा चन्दनको काठ महँगो मानिन्छ ।

चन्दनको काठको मुल्य प्रतिकेजी १० हजार आसपासको मुल्य पर्दछ । तर सायद तपाईलाई थाहा नहोला, चन्दनको काठभन्दा पनि महँगो काठ हुने गर्दछ । यो काठ मुल्य यति धेरै छ कि यसलाई किन्नुअघि ठुला ठु्ला धनाढ्यले समेत एक पटक सोच्नु पर्दछ ।

विश्वको सबैभन्दा महँगो काठको उपाधी पाएको यो काठ हो, अफ्रीकी ब्ल्याकउड । यसलाई पृथ्वीमा रहेको सबैभन्दा महँगो सामग्री मध्ये एक मानिन्छ । एक किलोग्रामको यस काठको मुल्य आठ हजार पाउण्ड अर्थात करिब १२ लाख रुपैयाँ पर्दछ । जबकि यति रकममा एक सामान्य घर, सस्तो जग्गा समेत आउन सक्छ ।

अफ्रिकी ब्ल्याकउडको रुख अरु रुखको तुलनामा अत्यन्त कम र दुर्लभ छ । यो रुखको उचाई २५ देखि ४० फिटसम्म हुने गर्दछ । यो मध्य र दक्षिणी अफ्रिकाको २६ देशमा मात्र पाइन्छ । यो केवल सुख्खा स्थानमा मात्र हुने गर्दछ ।

मुख्यतः अफ्रिकी ब्ल्याकउड शहनाई, बाँसुरी र गिटार जस्ता संगीत वाद्ययन्त्र बनाउन उपयोग गरिन्छ । यस अलावा बलियो हुने भएकाले ब्ल्याकउड फर्निचर बनाइन्छ । तर टिकाउ हुने भएकाले यसको फर्निचर करौडौंमा बिक्री हुन्छन् । साथै यो रुख उपयोग योग्य काठ हुन लगभग ६० बर्ष लाग्दछ ।

वि.सं.२०७७ असार १८ बिहीवार ११:१५ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...