back
NMB ad

शेयर बजार : नेप्से ३३.२७ अकंले बढ्यो, पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै कारोबार

Kumari bank ad

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक सोमबार ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ६.३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर रु. ९२ करोड ७८ लाख ४१ हजार ३२९ मा कारोबार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये सोमबार सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ । सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४.४७, होटल ७४.६७, विकास बैंक १४.१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ ।

स्टकका अनुसार सोमबार कारोबारका आधारमा नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु. १४ करोड ५३ लाख ३१ हजार ३८० बराबरको कारोबार भएको छ ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु. सात करोड ८० लाख ९१ हजार ७९३, प्रभु बैंकको संस्थापक शेयर रु. चार करोड ८४ लाख ४४ हजार, हिमालयन डिस्टिलरी रु. तीन करोड नौ लाख ९४ हजार ७५७, एनएमबी बैंक रु दुई करोड ६० लाख २४ हजार ३४, शिवम् सिमेन्ट रु. दुई करोड ४९ लाख ५३ हजार १९४ र नबिल बैंक रु. दुई करोड ४० लाख ७० हजार २८४ मा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुर्नबीमा कम्पनीका शेयरधनीले १०/१० प्रतिशतले कमाएका छन् ।

सूर्योदय लघुवित्त वित्तीय संस्था ९.९५, गरिमा विकास बैंक ९.८४, यूनाइटेड इन्स्योरेन्स ९.७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.७०, सिद्धार्थ इन्स्योरेन्स ९.४५, आशा लघुवित्त वित्तीय संस्था ९.२८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९.१४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, राधी विद्युत् कम्पनी ९.८९, बोटलर्स नेपाल तराई ५.८६, देवः विकास बैंक ५.१६, जोशी हहाइड्रोपावर ३.९२, बिशाल बजार कम्पनी ३.९१, खानीखोला हाइड्रोपावर ३.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३.४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.३३ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार १५:१९ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर बीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर बीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...