back
NMB ad

परम्परा जस्तै बन्यो असारे विकास

Kumari bank ad

काठमाडौं । वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन ।

स्थानीय शासन विज्ञहरूले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा असारे विकासलाई रोक्न सकिन्छ तर असार अन्तिम हुुँदा पनि छिटो छिटो काम गरेर बजेट सक्ने काम भइरहेको छ ।

स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा अन्तिम चौमासिक चैतदेखि असारसम्म करिब ८० प्रतिशत विकास निर्माणका काम हुँदै आएका छन् ।

आर्थिक वर्षका ११ महिनामा काम सुस्त गतिमा मात्र हुने र आर्थिक वर्षको अन्तिम चरण असारमा जसरी पनि बजेट सक्ने गरी हतारमा काम गर्ने प्रवृत्तिलाई असारे विकास भन्ने गरिएको छ ।

असारे विकास रोक्न कानुनले नै सङ्घ, प्रदेश र स्थानीय तहकै आआफ्ना सभामा बजेट पेस गर्ने समयसीमा उल्लेख गरेको छ । सङ्घीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० भित्र सभामा बजेट पेस गरी असारभित्र परित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

स्थानीय शासनविज्ञ वसन्तराज गौतमले कार्यतालिकाअनुसार काम गर्दा स्थानीय तहमा असारे विकास रोक्न सकिने सुझाव दिए । उनका अनुसार अन्तिम चौमासिक स्थानीय तहमा सबैभन्दा बढी विकास निर्माणका काम हुँदा कतिपय योजना अलपत्र पर्ने र कतिपय विकास निर्माणका काम गुणस्तरहीन हुने गरेकाले कार्यतालिकाअनुसार काम गर्न सुझाव दिए ।

सङ्घीय सरकारले पनि स्थानीय तहलाई कार्यतालिकाअनुसार काम गर्न पटक पटक आग्रह गर्दै आएको छ । त्यसका लागि आवश्यक कानुनी जनशक्ति, साधन र स्रोत उपलब्ध गराउँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अर्का स्थानीय शासन विज्ञ डा. श्यामकृष्ण भुर्तेलले स्थानीय तहमा कार्यतालिकाअनुसार काम नहुँदा विकास निर्माणको काम असारमै आएर सम्पन्न हुने गरेको बताए । उनले कार्यतालिकाअनुसार काम गर्ने हो भने स्थानीय तहमा वैशाखभित्र सबै योजना सम्पन्न हुने भएकाले कार्यतालिका पूर्ण रूपमा पालना गर्न सुझाव दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

वि.सं.२०७७ असार २३ मंगलवार ०७:५० मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...