back
NMB ad

६ साताका लागि लकडाउनको घोषणा : बुधबार मध्यरातिदेखि लागू हुने !

Kumari bank ad

काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा ६ साताका लागि लकडाउनको घोषणा गरिएको छ । भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन् ।

यो लकडाउन बुधबार मध्यरातिदेखि लागू हुनेछ ।लकडाउनको क्रममा मानिसहरुलाई खाना किन्न जाने, काममा जाने, स्वास्थ्य सेवा लिनेरदिने, व्यायाम गर्ने लगायतका कामलाई मात्र बाहिर निस्किन दिइनेछ ।

भिक्टोरियाको मिचेल सायरमा पनि ६ साताको लागि लकडाउनको घोषणा गरिएको छ । रेष्टुरेन्टलगायतका यसअघि खोल्न अनुमति पाएका व्यवसायहरु भने लकडाउनमा बन्द हुनेछन् ।

प्रिमियर एन्ड्र्युले मुलुकमा सबैभन्दा खराब अवस्था आउन नदिन सबै मानिसले लकडाउनको नियमको पलना गर्नु जरुरी रहेको उनको भनाइ छ ।गत शनिबारदेखि मेलबर्नका तीन हजार मानिसको बसोबास रहेको नौ हउजिङ टावर लकडाउन गरिएको छ ।

उनीहरुलाई उक्त भवनबाट बाहिर निस्किने अनुमति दिइएको छैन भने खानाको व्यवस्था सरकारले गर्दै आएको छ । मंगलबार भिक्टोरियाले पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १९१ नयाँ संक्रमित फेला परेको बताएको थियो । यो एकैदिनमा भेटिएका अहिलेसम्मकै धेरै नयाँ संक्रमित हुन् । स्रोत: सीएनएन

वि.सं.२०७७ असार २३ मंगलवार १३:३२ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...