back
NMB ad

यात्रु बस जलाशयमा खस्दा कम्तिमा २१ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । चीनमा यात्रु बस तालमा पस्दा कम्तिमा २१ जनाको ज्यान गएको छ, अरु १५ जना घाइते भएका छन् ।परीक्षा दिनका लागि जाँदै गरेका हाइस्कूल तहका विद्यार्थी चढेको बस कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटनामा परेको हो ।

बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको हो । सो बसमा विश्वविद्यालयको प्रवेश परीक्षा दिन जाँदै गरेका विद्यार्थी रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन्। दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ । ती चालकले सो रुटमा सन् १९९७ देखि काम गर्दै आएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बसमा कति मानिस थिए र त्यसमध्ये कति विद्यार्थी हुन् भन्ने स्पष्ट भएको छैन। बस पानीबाट निकालिएको छ ।

वि.सं.२०७७ असार २४ बुधवार ०८:३९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...