काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० लाख २४ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलवार चार कम्पनीको ५० लाख २४ हजार ५२३ दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
एभरेष्ट बैंक, उन्नति लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।
उन्नति लघुवित्तको ३ लाख ४० हजार ७४१ दशमलव ५० कित्ता बोनस शेयर, स्वदेशी लघुवित्तको ४ लाख ६० हजार कित्ता, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको १ लाख ९० हजार ३५० कित्ता र एभरेष्ट बैंककोे ४० लाख ३३ हजार ४३१ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो शेयरहरु लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ असार २४ बुधवार ०८:५४ मा प्रकाशित