back
NMB ad

फेरि पूर्ण लकडाउन : उद्योग व्यवसाय बन्द गर्न निर्देशन, बिहीबार बिहान ५ बजेदेखि लागू हुने

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमितहरुको संख्या बृद्धि भएसँगै ललितपुरको महालक्ष्मी नगरपालिकाले लकडाउनलाई कडाइ पार्ने भएको छ ।नगरपालिकाले आज एक सूचना जारी गर्दै थप संक्रमण फैलिन नदिन वडा नम्वर ७, ८ र ९ मा कडाइका साथ लकडाउन लागू हुने घोषणा गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनामा उल्लेखित तीन वटा वडाभित्र रहेका औषधि र खाद्यन्न पसलबाहेकका सम्पूर्ण उद्योग व्यवसाय बन्द गर्ने उल्लेख छ।

त्यस्तै औषधि पसल र क्लिनिकहरु चौविसै घण्टा संचालन गर्न दिने तर खाद्यान्न पसल एक मिटरको दूरी कायम गरी बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ ।

त्यस्तै सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवा बाहेकका सबै सेवा बन्द गरिने सूचनामा उल्लेख छ । नगरपालिकाले अति आवश्यक कार्यमा बाहेक घर बाहिर ननिस्कन, निस्किनु परे अनिवार्यरुपमा मास्क लगाउन पनि अनुरोध गरेको छ। लकडाउन भोलि २५ गते बिहान ५ बजेदेखि लागू हुनेछ ।

वि.सं.२०७७ असार २४ बुधवार २१:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...