back
NMB ad

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

Kumari bank ad

काठमाडौ । विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा चक्रपथ विस्तार हुन नसकेको हो ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै प्रक्रिया पूरा भए पनि विस्तारका लागि नेपालतर्फको तयारी नसकिएकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको बताए । सम्बद्ध अधिकारीहरूका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउन र जग्गा अधिग्रहण कार्य दोस्रो चरणको चक्रपथ विस्तारको मुख्य समस्याका रूपमा देखिएको छ ।

चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज हुुँदै धोबीखोला चाबहिल पुलसम्म विस्तार गर्न लागिएको हो । चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ । कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ । गएको पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा सडक सीमाको दायाँबायाँ ३१÷३१ मिटर जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो ।

चक्रपथको सो खण्ड विस्तारका लागि चीन सरकारसँग सम्झौता भई सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा चक्रपथ क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग)का सामग्रीको स्थानान्तरण हुन नसक्दा चक्रपथ विस्तार कार्य शुरू हुन सकेको छैन । सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ ।

उनले भने, “चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुनु तथा जग्गा अधिग्रहण कार्य पूरा भएको जानकारी हुनेबित्तिकै चिनियाँ टोली नेपाल आई काम शुरू गर्नेछन् ।” चक्रपथको ६२ मिटर ‘राइट अफ वे’ क्लियर नभएसम्म चिनियाँहरूले काम शुरू नगर्ने उनले जानकारी दिए ।

काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि अहिले सडकको ‘राइट अफ वे क्लियर’ गर्ने काम भइरहेको छ । बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाएको जनाइएको छ । बिजुलीको पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई १० करोड रुपियाँ भुक्तानी भइसकेको जानकारी थापाले दिए ।

त्यसैगरी महाराजगञ्ज चोकका घरहरू हटाउने र नयाँ बसपार्क नजिकका आकाशे पुल भत्काउनुबाहेक चक्रपथ क्षेत्रमा परेका संरचना हटाउने काम भइसकेको छ । विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज चोकको वरिपरि २१७ मिटर क्षेत्रमा परेका जग्गा अधिग्रहण र घर भत्काउनु नै रहेको बताउँदै उनले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भई काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत काम अगाडि बढाइसकेको जानकारी दिए ।

चक्रपथको ‘राइट अफ वे’ ६२ मिटर हुनुपर्नेमा महाराजगञ्जचोक क्षेत्रमा ३० मिटर मात्र छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

वि.सं.२०७७ असार २५ बिहीवार ०७:३० मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...