back
NMB ad

सार्वजनिक यातायात सबै चल्न पाउने : निजी सवारीका लागि जोर-बिजोर कायमै

Kumari bank ad

काठमाडौं । चैत ११ देखि बन्द भएको सार्वजनिक यातायात सरकारले शुक्रबारदेखि सुरु गर्ने निर्णय गरेको छ । सो निर्णयअनुसार सुचारु हुन लागेको सार्वजनिक यातायातलाई जोर बिजोर नियम लागु नहुने ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

‘५० प्रतिशत सीट क्षमताका आधारमा यात्रु राखेर सबै सार्वजनिक यातायात चल्न पाउँछन्, यसमा जोर बिजोर लागु हुँदैन,’ ढकालले भने ‘निजी सवारीका लागि भने जोर बिजोर प्रणाली कायम नै रहेको छ।’

सरकारले असार १ देखी लकडाउन खुकुलो पारेसँगै निजी सवारीमा जोर बिजोर प्रणाली लागु गरेको थियो।त्यसअघि लकडाउन अवधिभर सरकारले जारी गरेको पासको आधारमा मात्रै सवारीसाधन चलेका थिए।

अहिले पनि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि सवारी पास अनिवार्य रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

आधा क्षमतामा ५० प्रतिशत बढी भाडा लिई सञ्चालन गर्न पाउने

मन्त्रिपरिषदले स्वस्थ्य सतर्कतामा ध्यान दिदै ५० आधा सिटहरुमा मात्रै गाडी चलाउन दिने निर्णय गरेको छ। व्यवसायीले साविकको भाडामा ५० प्रतिशत थप भाडा लिन पाउने छन् ।

अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत थप भाडा लिएर सुरक्षा बिधि अपनाई यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

‘काठमाडौँ उपत्यकाका तीन जिल्ला र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चल्न दिने भन्ने निर्णय भएको छ’, मन्त्री खतिवडाले भने। ट्याक्सीहरुले भने साविककै भाडादरमा २ जना यात्रु बोक्न पाउने उनले जानकारी दिए।

वि.सं.२०७७ असार २६ शुक्रवार ११:३६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...