back
NMB ad

सुशान्त सिंह राजपूतको आत्महत्याले लियो नयाँ मोड, बिहार कोर्टको यस्तो फैसला !

Kumari bank ad

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याका जिम्मेवार ठहर गर्दै सलमान खान, एकता कपूर, सञ्जय लीला भंसाली र करण जौहरविरुद्ध दायर गरिएको मुद्दा खारेज भएको छ ।

बुधबार बिहारको एक अदालतले उक्त मुद्दा खारेज गरिदिएको हो । अदालतको न्यायिक सीमाको दायरा उल्लेख गर्दै उक्त मुद्दा खारेज गरिएको हो । अदालतले उक्त मुद्दा अदालतको क्षेत्राधिकारभित्र नपर्ने समेत जिकिर गरेको छ ।

मुजफ्फपुरका मुख्य न्यायिक म्याजिस्ट्रेट (सीजेएम) मुकेश कुमारले स्थानीय वकिल मुकेश कुमार ओझाको उक्त निवेदन अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै खारेज गरिदिएका थिए ।

सुशान्त सिंह राजपूतले आत्महत्या गरेको तीन दिनपछि स्थानीय मुकेश कुमार ओझाले अभिनेत्री कंगना रनौत साक्षी बनाएर बलिउडका केही सेलिब्रेटीविरुद्ध मुद्दा दायर गरेका थिए ।

सुशान्तको आत्महत्यापछि कंगनाले छुट्टाछुट्टै भिडियोमार्फत बलिउडमा व्याप्त नेपोटिज्म र फेभरेटिज्म नै उनको आत्महत्याको कारण भएको उल्लेख गर्दै आएकी छिन् ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण झुण्डिँदा सास रोकिएर मृत्यु भएको उल्लेख छ । उनको आत्महत्यापछि २९ जनासँग प्रहरीले सोधपुछ गरेको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...