back
NMB ad

सेती नदी उर्लेपछि शुक्लागण्डकीका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

Kumari bank ad

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सेतीनदी उर्लिएपछि किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका(४ का २८ र शुक्लागण्डकी नगरपालिका(८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो।

असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रिय रुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

पानी परिरहेकोले उनीहरुलाई सुरक्षित स्थानमा लैजान समेत कठिनाइ भएको छ। उनले भने, ’हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ।’ शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए।

शुक्रबार बिहान अविरल वर्षात् परिरहेकाले सेतीनदीले काठेपुल नाघेर गएको छ। उनले भने, ’केही समय वर्षात् लम्बिँदै गयो भने खतरा बढ्न सक्ने देखिएको छ।’ पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका(४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बती क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी(८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए। अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि स्थानीयको बङ्गुर र कुखुरा बगाएको छ।

कारण पृथ्वी राजमार्गअन्तर्गत पर्ने ७२ किलोमिटर दूरीमा भने अहिलेसम्म कुनै अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए। जिल्लाको पूर्वी सिमना मुग्लिन र पश्चिम सिमना कोत्रे क्षेत्रसम्म राजमार्ग सुचारु रहेको उनले बताए।

वि.सं.२०७७ असार २७ शनिवार ०९:१८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...