back
NMB ad

कोरोना काठमाडौंका दुईसहित थप तीन जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट थप तीनजनाको मृत्यु भएको जानकारी दिनुभएको हो ।

उहाँकाअनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१०, शंखमूलका ६० वर्षीय एक पुरुष, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ का ४५ वर्षीय एक पुरुष र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय एकजना पुरुष रहेका छन् ।

शंखमूलका पुरुषको असार २६ गते मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । फोक्सोमा पानी ज ेको र मिर्गौला रोगका बिरामी ती पुरुषलाई असार १६ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना परीक्षणमा ‘रिपोर्ट पोजिटिभ’ आएको थियो ।

सिन्धुपाल्चोकका पुरुषको असार २५ गते मृत्यु भएको हो । क्षयरोगको उपचारका लागि असार १८ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । सोक्रममा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

गोकर्णेश्वरका पुरुषको पनि असार २५ गते नै मृत्यु भएको हो । मिर्गौला रोगका बिरामी उनलाई स्वास्थ्यमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समेत समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

वि.सं.२०७७ असार २७ शनिवार १८:१५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...