back
NMB ad

बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी ८८ जनाको मृत्यु

Kumari bank ad

काठमाडौं । बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनायता ८८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् ।

जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।जस अनुसार सबैभन्दा धेरै म्याग्दीमा हिजो गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । त्यहाँ अझै चार जना हराइरहेका छन् ।

सिन्धुपाल्चोकमा गएको पहिरोमा तीन जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता रहेका छन् । जाजरकोट पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । छ जना अझै बेपत्ता छन् ।

त्यस्तै, कास्कीमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । त्यसअघि पर्वतको पहिरोमा नौ जनाको र बझाङको पहिरोमा सात जनाको मृत्यु भएको छ । अझै एक बेपत्ता छन् । पाल्पामा चार जना र गुल्मीमा पाँच जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

त्यस्तै, लमजुङमा चार जनाको, रुकुम पश्चिममा दुई र दार्चुलामा दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

त्यसैगरी स्याङ्जा, गोरखा, बाग्लुङ, डोटी, कालिकोट, सल्यान, झापा, चितवन र सुर्खेतमा बाढी पहिरोमा परी एकरएक जनाको मृत्यु भएको छ । विपद ग्रस्त जिल्लामा उद्धार तथा राहतको लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा कार्य भइरहेको जनाइएको छ । चाँदनी हमालले गोरखापत्र दैनिकमा खबर लेखेकी छिन् ।

वि.सं.२०७७ असार २८ आइतवार ०७:४६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...