back
NMB ad

सिक्टा आयोजनाद्वारा सिँचाइ शुरू

Kumari bank ad

काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ शुरू गरेको छ । डेढ दशक अघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो ।

निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाएपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ ।

किसानको खेतमा पानी पु¥याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ । आयोजनाको शुरू वर्षमा २०६१/६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो ।

आयोजना आर्थिक वर्ष २०७१/७२ मा आयोजना सम्पन्न गर्नुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुुई करोड रुपियाँ खर्च भए पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

आयोजनाले पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालनमा ल्याएको हो । सिँचाइ शुरू भएपछि बाँकेमा असारमै धान रोपाइँ अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । आयोजनाका अनुसार बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

उहाँले आयोजनाको पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत खेत खेतसम्म पानी पु¥याइएको हो भने।

अहिलेको अवस्थामा आयोजनाबाट पश्चिमी मूल नहर अन्तर्गत १५ हजार हेक्टर र पूर्वी नहर अन्तर्गत एक हजार हेक्टर गरी १६ हजार हेक्टरमा वर्ष भरि नै सहजै सिँचाइ हुनेगरी पानी पु¥याउन सकिने उनले जानकारी दिए।

उहाँले बाँकेमा अरू बेला साउनमा मात्र रोपाइँ सकिन्थ्यो तर आयोजनाको पानी सञ्चालनमा ल्याइएपछि पहिलो पटक असारमा नै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो भने।

डेढ दशकअघि २०६३ माघदेखि निर्माण शुरू भएको सिक्टा नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । यो आयोजनाबाट बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ ।

आयोजनाको ४५ किलोमिटर रहेको पश्चिमी मूल नहरको निर्माण सम्पन्न भइसकेको छ भने ५३ किलोमिटर रहेको पूर्वी नहरको निर्माण कार्य जारी रहेको आयोजना प्रमुख थापाले जानकारी।

बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती जिल्लाको पश्चिम दायाँतर्फ ३३ हजार ७६६ हेक्टर एवं राप्ती पूर्व बायाँतर्फ नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । भउचप्रसाद यादवले गोरखापत्र दैनिकमा खबर छ ।

वि.सं.२०७७ असार २८ आइतवार ०७:४९ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...