back
NMB ad

छोटो अवधिको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै राष्ट्र बैंक

Kumari bank ad

काठमाडौं । एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्ने गरेको नेपाल राष्ट्र बैंकले यसपटक छोटो अवधि अर्थात् २४१ दिनका लागि मात्र लगानी गर्न सूचना जारी गरेको छ ।

केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा २४१ दिनका लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

कोषमा रहेको रकमलाई २०७७ साउन १ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकले रू. १६ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा रू. ३ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा रू. १ करोड बराबरको लगानी गर्नेछ ।

राष्ट्र बैंकले तोकिएको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई असार २८ गते आइतवार दिउँसो ४ बजेभित्र पेश गर्न अनुरोध गरेको छ । बैंकहरूले उक्त निक्षेपको ब्याज त्रैमासिक रूपमा भुक्तानी गर्नुपर्नेछ ।

प्रस्ताव गरेको ब्याजदर लगानी हुने मितिसम्म मात्र मान्य हुने राष्ट्र बैंक वित्त व्यवस्थापन विभागले बताएको छ । विभागका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन सम्बन्धी सार्वजनिक सूचनाले प्रस्तावित ब्याजदरलाई कुनै असर पारेको मानिने छैन ।

राष्ट्र बैंकले यसअघि वैशाखमा ९ गते ३५ करोड ९७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानीका लागि सूचना जारी गरेको थियो । उक्त रकम २०७७ जेठ १ गतेदेखि २०७८ जेठ १ सम्मको मुद्दती निक्षेपमा लगानी गरिएको थियो ।

यसभन्दा अघि चैत १० गते एकवर्षे मुद्दती निक्षेपमा १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ लगानी गर्न सूचना जारी गरे पनि कुनै पनि बैंक तथा वित्तीय संस्था सहभागी भएनन् । उक्त रकम बराबरको मुद्दती निक्षेप लिन कसैको सहभागिता नभएपछि केन्द्रीय बैंकले पुनः चैत १९ गतेसम्मका लागि लगानीको सूचना जारी गर्नुपरेको थियो । आर्थिक अभियानबाट

वि.सं.२०७७ असार २८ आइतवार ०९:१६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...