back
NMB ad

गैर जिम्मेवार मन्त्री : ‘जनताका काममा भन्दा गुटबन्दीमा धेरै व्यस्त !’

Kumari bank ad

काठमाडौं । संघीय राजधानी काठमाडौ र बागमती प्रदेशको राजधानी हेटौंडासंगै देशमा कोरोना भाईरस देशव्यापी तीव्र रुपमा फैलिएको छ । यस्तो महामारी समुदायस्तरमा फैलदा पनि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको भने अत्तोपत्तो छैन । कामगरेजस्तो गरेर मिडिया छाईरहने मन्त्री दुलाल अन्य बेलाको भन्दा गैरजिम्मेवार देखिएका छन् ।

प्रदेशले १३ वटै जिल्लामा आईसोलेशन, क्वारेन्टाइन सहित उच्चस्तरीय सेवा जनतालाई दिनुपर्ने हो । जनताले अहिले नै हो सरकारको उपस्थिति खोज्ने । तर, मन्त्री दुलाललाई खोज्नु पर्ने स्थिति बनेको छ । मन्त्री दुलालले अधिकांश समय काठमाडौंमा बिताउने गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा उनको भुमिका जनताले खोज्न थालेका छन् । साच्चै भन्नुपर्दा यो सबै काम उनकै मन्त्रालय मार्फत हुनुपर्ने हो । तर, उनलाई अहिले यो जानकारी पनि छैन कि कोरोना संक्रमण रोकथामका लागि के काम भएका छन् र आगामी दिनमा के काम गर्नुपर्छ ? प्रतिक्रिया लिदा उनको जवाफ हुनेगर्छ गरीरहेका छौँ, गर्छौं ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डका खास मानिने मन्त्री दुलाल अहिले सरकारमा भएपनी सरकार विरुद्ध मोर्चाबन्दीमा सकृय रहेका छन् । उनी दैनिकरुपमा फेसबुकमा उपस्थिति जनाउने गर्छन् जहाँ सकरलाई अर्ती दिईरहेका हुन्छन् । आफ्नो पार्टीलाई अर्ती दिईरहेका हुन्छन्, जबकी उनी आफै सरकार विरुद्ध गुटबन्दी गरीरहेका हुन्छन् ।

दैनिक जसो पार्टीका अध्यक्ष प्रचण्डको ईसारामा विभिन्न गतिविधि गर्नमा नै सक्रिय छन् । खुमलटार तथा आफ्नै निवासमा समेत उनको गतिविधि शंकास्पद देखिएको उनी निकटका नेताहरूले भन्न थालेका छन् ।

“ सुरुवातमा त काम गर्ने आशामा हेरिएको थियो तर हामी निरास छौं “( उनी निकटका एक कार्यकर्ताले भने । हामीले उहाँलाई यस्तो सोचेका थिएनौं, के सोछे मैले के भयो अहिले भनेको जस्तो भयो भन्ने पनि भेटिन थालिसकेका छन् ।

उनले ध्यान नदिँदा बागमती प्रदेशको राजधानी हेटौंडाको गौरीटार रंगशालामा संचालित केही दिन अघि संचालनमा समेत अप्ठ्यारो परेको स्वास्थकर्मीले बताएका छन् । उनले समन्वय नगरेकै कारण कोरोना नियन्त्रणमा प्रदेशका अन्य जिल्लामा हुनुपर्ने ठोस काम हुन सकेको छैन ।

स्वास्थ्यका अत्याधुनिक सामग्री प्रदेशका अस्पतालमा पुगेपनि उचित प्रयोगमा ल्याउन उनले भुमिका खेलेका छैनन् । दैनिकरुपमा जिल्ला तथा स्थानीय तहबाट समन्वयकारी भुमिका खेल्न आग्रह गर्दा पनि हुन्छ मै टारेको कतिपय स्थानीय तहका प्रमुखहरुले गुनासो गर्न थालेका छन् ।

यसअघि कामगर्ने मन्त्रीका रूपमा ट्याग लागेका मन्त्रीले यस्तो महामारीमा माखो पनि मार्न नसकेको आम जनमानसमा चर्चा चल्न थालिसकेको छ ।

देशको संघीय राजधानी पनि यहि प्रदेशमा परेकोले संघीय सरकारले पनि सामाजिक बिकाश मन्त्रीले समन्वय नगरेको आशय प्रकट गरीसकेको छ ।

खुलस्त रूपमा नभनेपनी अहिलेको अवस्थासा जनतासामु छर्लङ्ग भने भएको छ । मन्त्री ज्यु अब गुटबन्दी मात्र गर्ने कि सामाजिक विकास मन्त्रालय, मन्त्री पनि छन् भन्ने आभास दिलाउने यो कोरोनाको समयमा । अरुबेला भनेको जसोतसो काम चलाउ होला तर मन्त्री ज्यु यो समय भनेको चलाउ कमाउ बेला हैन बचाउको बेला हो !

कोरोना महामारी नेपालमा शुरु हुनु पुर्व प्रदेश मन्त्रालयको सक्रियतामा रु एक करोड लगानी गरी भरतपुरमा कोरोना विशेष अस्पताल समेत बनाइयो तर केहि समयपछि अस्पतालको सामाग्री चोरी हुने र लथालिङ्ग बनाउने काम भयो । सप्रमाण चोरीको भिडियो सार्वजनिक हुँदा समेत कार्वाही गरिएन । यस प्रकारको अपराध ढाकछोप गर्न मन्त्री दुलालको मौनता गज्जबको देखिन्छ । यसमा पनि कमजोरी पक्कै छ ।

वि.सं.२०७७ भदौ ५ शुक्रवार १३:५९ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...