शेयर बजार : यसकारण घट्यो नेप्से कारोबार

काठमाडौं । आइतवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ११ दशमलव ७९ अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै ओरालो लागेको बजार कारोबारको यस अवधिमा शून्य दशमलव ८१ प्रतिशत घटेर १ हजार ४४६ दशमलव ४५ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टाको अवधिमा १५६ ओटा कम्पनीकोे रू. ४६ करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

२०७७ भदौ १४ गते १३:०८ मा प्रकाशित

You can share this post!

महामारी बीचमै रोजगारीको अवसर : इजरायलले ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

महामारी बीचमै रोजगारीको अवसर : इजरायलले ५ सय नेपाली कामदार लैजाने, मासिक तलब डेढ लाख

Related posts