back
NMB ad

भोलिदेखि सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु नियमित संचालन हुने (सूचनासहित)

Kumari bank ad

गोरखा । गोरखामा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । कोरोना संकट व्यवस्थापन केन्द्रसहित सर्वपक्षीय बैठकले आइतबार राति १२ बजेबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

छिमेकी जिल्लामा देखिएको बढ्दो संक्रमण र जिल्लाको वर्तमान अवस्थालाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड भने कडाइका साथ पालना गराउने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

‘गोरखामा कोरोना संक्रमणको दर पनि घट्दो छ, जोखिम बढ्दै गए आवश्यकताअनुसार कडाई गर्छौं,’उनले भने,‘तत्कालका लागि सीमानाकामा कडाइ गरेर जिल्लाभित्र केही खुकुलो बनाएका हौं ।’

निर्णयअनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बजार खुल्न पाउनेछन् । ब्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल, कवर्ड हल, होटल तथा रेस्टुरेन्टबाहेकका पसलहरु सञ्चालन गर्न पाउने उनले बताए । निजी सवारी चले पनि सार्वजनिक यातायातमा भने रोक लगाइएको छ ।

बढी भिडभाड हुने जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयको सेवाका लागि बारअनुसार स्थानीय तहको कार्यतालिका सार्वजनिक गरिएको छ । अन्य सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका सेवा भने नियमित संचालन हुनेछन् ।

कोरोना संक्रमितको संख्या उच्च रहेको जिल्ला तथा क्षेत्रबाट आवातजावतलाई नियन्त्रण गर्ने बैठकले निर्णय गरेको छ । अत्यावश्यक काम लिएर आउजाउ गर्नेले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने भट्टराईले बताए ।

वि.सं.२०७७ भदौ १४ आइतवार १९:२३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...