प्रशासनले फेरि गर्यो यस्तो निर्णय : संक्रमित संख्या बढ्दै गएपनि यी क्षेत्रलाई भने खुकुलो बनाउने !

इटहरी । सुनसरीमा कोरोना संक्रमित संख्या बढ्दै गएपनि सुनसरी प्रशासनले निषेधित क्षेत्रलाई खुकुलो बनाउने निर्णय गरेको छ ।

बिहीबारदेखि बिहान १० बजेसम्म बजार खुल्ने भएको हो । साथै आवतजावतका लागि रिक्सा सञ्चालन गर्न अनुमति दिइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

कार्यालयले बुधबार जारी गरेको विज्ञप्तीअनुसार १८ गतेदेखि निषेधित क्षेत्र खुकुलो पार्न लागिएको हो । तर हाट बजार, भेला, कार्यक्रममा भने प्रतिबन्ध अझै कायमै छ ।

बजार र यातायात आंशिक खोलेपनि पर्याप्त सतर्कता अपनाउन आग्रह गरिएको छ । मास्क, स्यानेटाइजरलाई अनिवार्य गर्न भनिएको छ । यस्तै पसल तथा रिक्सालाई पटक पटक डिस्इन्फेक्सन गर्नुपर्ने शर्त राखिएको छ ।

लामो समयदेखिको बन्दाबन्दीका कारण समस्यामा परेका सर्वसाधारणलाई यो निर्णयले राहत दिने विश्वास गरिएको छ । प्रशासनले अनुमति नदिएपनि इटहरीका व्यवसायीहरुले बिहीबारदेखि बजार खोल्ने घोषणा गरेका थिए ।

२०७७ भदौ १७ गते १७:१४ मा प्रकाशित

You can share this post!

कोरोना अपडेट : थपिए ११२० जना नयाँ संक्रमित, उपत्यकामा मात्रै ३८८ जना, थप १२ जनाको मृत्यु

कोरोना अपडेट : थपिए ११२० जना नयाँ संक्रमित, उपत्यकामा मात्रै ३८८ जना, थप १२ जनाको मृत्यु

Related posts