स्वेच्छिक रुपमा कोरोना जाँच गराए २२ सय रुपैयाँ तिर्नुपर्ने

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालले स्वेच्छिक रुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँचको शुल्क निर्धारण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरकाले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ ।

अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिलालले जानकारी दिए। उनले व्यक्तिगत प्रयोजनका लागि पिसिआर जाँच गराउनेसँग शुल्क लिइने बताए ।

प्रशासनको सिफारिसका आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीलगायत कन्ट्याक्ट ट्रेसिङमा परेकाको भने निशुल्क कोरोना जाँच गरिने उनले बताए ।

२०७७ भदौ १८ गते १७:१८ मा प्रकाशित

You can share this post!

पसलहरु खोल्न नयाँ नियम : अब तीन दिन पूर्व-दक्षिण फर्केका, तीन दिन पश्चिम-उत्तर (सूचनासहित)

पसलहरु खोल्न नयाँ नियम : अब तीन दिन पूर्व-दक्षिण फर्केका, तीन दिन पश्चिम-उत्तर (सूचनासहित)

Related posts