सुनको मूल्य बढ्यो कि घट्यो ? यस्तो छ आजको बजार भाउ

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । विहीवार सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९६ हजार ८ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मुल्यमा पनि सामान्य वृद्धि भएको छ । विहिबार चाँदीको मुल्य तोलामा १० रुपियाँले बढेर १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७७ भदौ २५ गते १०:५५ मा प्रकाशित

You can share this post!

जब गायक शिव परियारलाई मन्त्रीवाला फिलिङ्ग आयो....

जब गायक शिव परियारलाई मन्त्रीवाला फिलिङ्ग आयो....

Related posts