back
NMB ad

अन्ततः २८ हजार बढी कर्मचारी कटौती गर्ने निर्णय !

Kumari bank ad

काठमाडौं । अमेरिकी थिम पार्क वाल्ट डिज्नीले २८ हजार बढी कर्मचारी कटौती गर्ने भएको छ ।

 

कोरोना भाइरस महामारी र प्रतिबन्धले डिज्नीलाई ठूलो आर्थिक क्षति भएपछि कर्मचारी कटौती गर्नुपरेको कम्पनीले बताएको छ ।

‘पार्कमा कर्मचारी कटौती गर्नु भनेको यहाँको अनुभव र विशेष क्षमता घटाउनु हो। यो निर्णय निकै गार्हो गरी लिएका छौं’, पार्क इकाइका अध्यक्ष जोश डी आमारोले एक विज्ञप्तिमा भनेका छन्।

बिबिसीका अनुसार कटौती हुन लागेका प्राय कर्मचारीहरु अमेरिकामा रहेको पार्कका हुनेछन्। यसमध्ये ६७ प्रतिशत कर्मचारी ‘पार्ट–टाइम’ कर्मचारी छन्। साङघाई, हङकङ, टोक्यो र पेरिसमा रहेको पार्कका कर्मचारीमा कटौती लागू हुँदैन।

जुन २७ सम्म डिज्नीले ४ अर्ब ७० करोडको (४.७ बिलियन डलर) नोक्सान व्यर्होरिसकेको छ। गत वर्षको त्रैमासिक तुलनामा डिज्नीको व्यवसायमा यो वर्ष ८५ प्रतिशतको गिरावट आएको बिबिसीले लेखेको छ।

डिज्नीले महामारी फैलिएसँगै सबै पार्कहरु बन्द गरेको थियो। अहिले पार्क पुनःसंचालन भएपनि सिमित मान्छ मात्रै आउन पाउँनेछन्।

हाल क्यालिफोर्नियामा भएको पार्क बाहेक संसारभरका सबै डिज्नी पार्क पुनःसंचालनमा आइसकेँ। पार्कमा आउनेहरुले सामाजिक दूरीका नियम र सुरक्षा विधिहरु अनिवार्य अपनाउनु पर्ने बताइएको छ।

वि.सं.२०७७ असोज १४ बुधवार १८:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...