back
NMB ad

सरकारी कर्मचारीहरुले हेलमेट लगाएरै काम गरेपछि…

Kumari bank ad

काठमाडौं । एक तस्वीरले हजारौ शब्द बोल्छन् । यी तस्वीरले पनि यस्तै केही बयान गरिरहेको छ ।

 

जहाँ सरकारी कर्मचारीहरु काम गर्दा पनि हेलमेट लगाइरहेका छन् । यी मानिसहरुलाई थाहा छ की यो सरकारी कार्यालयमा जतिबेला जे पनि हुन सक्छ ।

यो तस्वीर बिहारको पश्चिम चम्पारणको एक सरकारी कार्यालयको हो । अरेराज प्रखण्डमा स्थित भुमि रेकर्ड विभागका कर्मचारीले दैनिक हेलमेट लगाएर आउने र काम गर्छन् । बाहिरबाट यसो हेर्दा लाग्छ अन्य मानिसलाइृ हेलमेट लगाउन सन्देश दिएको जस्तो । तर त्यो नभएर उनीहरुले आफ्नो सुरक्षाको लागि लगाएका हुन् ।

उक्त कार्यालयको ढोका फुटेको छ । छतको हालत जति बेला पनि भत्किन सक्छ । वर्षामा छतबाट पानी चुहिन्छ । ढोकाबाट काम गर्ने कोठामा पानी पस्ने भएकोले काम गर्न मुस्किल पर्छ ।

कति मानिस यो समस्यामा परिसकेका छन् । कार्यालयको यस्तो नाजुक अवस्थामा आफ्नो ज्यान हत्केलामा राखेर काम गरिरहेका छन् र सुरक्षाको लागि दैनिक हेलमेट लगाउने गर्छन् ।

उक्त कार्यालयमा आउने मानिसहरु पनि आफ्नो सुरक्षाको लागि हेलमेट लगाएर आउने गर्छन् । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सी

वि.सं.२०७७ असोज २५ आइतवार १७:०४ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...