back
NMB ad

धनगढी क्षेत्रका सडकको स्तरोन्नति शुरु

Kumari bank ad

धनगढी । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले जानकारी दिइएको छ । यसबाहेक गुल्म–चर्च, क्याम्पस रोड–जाखौर ताल, मालपोत रोड र हसनपुर रोडलगायत सडक पनि स्तरोन्नति गर्न लागिएको छ ।

आयोजनाअन्तर्गत नाली, फुटपाथ र कतिपय ठाउँमा साइकल लेनसहित झण्डै दश किलोमिटर सडक स्तरोन्नति गर्न लागिएको उपमहानगरपालिकाका इञ्जिीनयर व्दिजराज भट्टले बताए । ‘दोस्रो चरणमा नगर क्षेत्रका थप ३० किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्नका लागि पहल भइरहेको छ’, इञ्जिनीयर भट्टले भने, ‘सबै सडक स्तरोन्नति हुनसकेमा नगर क्षेत्रको मुहारनै फेरिने छ ।’

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड तथा उपप्रमुख सुशीला मिश्र भट्टले संयुक्तरुपमा सडक स्तरोन्नति तथा विस्तार कार्यको बुधवार शिलान्यास गरे ।

धनगढीलाई व्यवस्थित र आकर्षक शहरको रुपमा विकास गर्न सडक स्तरोन्नतिका साथै ढल निर्माण, फोहरमैला व्यवस्थापन, दिसाजन्य पदार्थको व्यवस्थापनलगायत काम गर्न लागिएको जानकारी दिइएको छ ।

उपमहानगरपालिकाले फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक पर्ने जग्गा वर्षौंदेखि खोजी गरिरहेको भए पनि अझँै टुंगो लाग्न सकेको छैन । इञ्जिनीयर भट्टका अनुसार उपमहानगरको ठूलो समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापनका लागि झण्डै ४० बिघा जग्गा आवश्यक पर्नेमा वडा–७ को खुटिया नदी छेउमा जग्गाको खोजी भइरहेको बताए ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पाँच वर्षअघि नै धनगढी उपमहानगरपालिकामा ४१ किलोमिटर सडक स्तरोन्नति तथा विस्तार गर्ने भनिएको थियो । त्यति बेला गरिएको लागत अनुमान र डिजाइनअनुसार छुट्याइएको बजेट अहिले अपुग हुने देखिएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाका उपव्यवस्थापक श्यामचन्द्र बुढाथोकीले ठेक्का प्रक्रियामा देखिएको केही समस्याका कारण निर्माणको काम थाल्न ढिलाइ भएको बताए ।

‘पाँच वर्ष अघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ समेत गरी जम्मा ४१ किमी सडक स्तरोन्नति गर्ने भनिएको थियो’, उनले भने’, ‘त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ घटाएर काम अघि बढाउनु परेको हो ।’

सम्झौता हुँदाको समयमा छुट्याइएको बजेट रू. एक अर्ब ३५ करोड रहेको थियो । नगर प्रमुख नृपबहादुर वडले यो काम अब चरणबद्धरुपमा गरिने बताए

उपमहानगरपालिकाले यो आयोजनाको सफल कार्यान्वयनका लागि सडक क्षेत्र अधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मानित गर्ने, करमा छुट दिने, भत्काइएको घर नक्सामा छूट दिनेलगायत कार्यक्रम पनि अघि बढाएको छ ।

क्षेत्रीय शहरी विकास आयोजनाले कञ्चनपुरको भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा पनि शहरी पूर्वाधारसम्वन्धी काम गर्न लागेको जानकारी दिइएको छ ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १३:४७ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...