back
NMB ad

सुदूरपश्चिम प्रदेशमा नवीन उद्योग स्थापना कार्यक्रम

Kumari bank ad

गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारले नवीन उद्योग स्थापना गर्ने कार्यक्रम अघि बढाएको छ । गत वर्ष शून्य प्राय सहभागिता हुँदा कार्यक्रम अघि बढाउन नसकेको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष सो कार्यक्रमलाई पुनःअघि बढाएको हो ।

मन्त्रालयले यो कार्यक्रम अघि बढाउनका लागि योग्यता पुगेका इच्छुक इजाजतपत्र प्राप्त लघु, घरेलु वा साना उद्योगका उद्यमीले कार्यविधिमा तोकिएबमोजिम आवश्यक विवरण भरी सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयमा प्रस्ताव पेश गर्नका लागि आह्वान गरेको छ ।

मन्त्रालयले प्रदेशका नौ वटा जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमा दुई÷दुई नवीन उद्योग सञ्चालन गर्ने योजनाअनुसार सो कार्यक्रम अघि बढाएको सूचना अधिकारी भरत श्रेष्ठले बताए । उनका अनुसार स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन गर्न नवीन उद्योग कार्यक्रम आवश्यक भएकाले मन्त्रालयले यो कार्यक्रमलाई अघि बढाएको हो ।

मन्त्रालयले प्रदेशमा रहेका ३२ वटा निर्वाचन क्षेत्रमा प्रतिनिर्वाचन क्षेत्रमा रु १० लाखका दरले रकम विनियोजन गरेको जनाइएको छ । मन्त्रालयले बनाएको कार्यविधिमा प्रत्येक निर्वाचन क्षेत्रमा दुई वटा नवीन उद्योग स्थापना तथा सञ्चालनमा नगद सहयोग गरिने उल्लेख गरिएको छ । सो कार्यविधिअनुसार फलफूल प्रशोधन, जडीबुटी प्रशोधन, तरकारीको बीउबिजन उत्पादन तथा प्रशोधन, नर्सरी व्यवसाय, मसला उद्योग, ढाका कपडा, गलैँचा, होजियारी, उद्योगलगायतका लघु वा घरेलु उद्योगका १८ वटा शीर्षकका उद्योगलाई मात्र नगद रकम अनुदान दिइने उल्लेख छ ।

प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा रोजगारी दर वृद्धि गर्न, गरिबी दर घटाउन तथा उद्योग क्षेत्र वृद्धि गर्न नवीन उद्यमी कार्यक्रम प्रभावकारी रहने दाबी गरेको छ ।

मन्त्रालयले यस कार्यक्रमलाई अघि बढाउन रु १० लाखका दरले ६४ उद्यमीका लागि रु तीन करोड २० लाख रकम बजेट विनियोजन गरेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

मन्त्रालयले जारी गरेको कार्यविधिमा उद्यमशीलताउन्मुख समाज निर्माण गर्ने, उद्यमी सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने लगायतको उद्देश्य उल्लेख छ ।

वि.सं.२०७७ पुस १७ शुक्रवार १३:१६ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...