back
NMB ad

कृषिको व्यवसायिकीकरणका लागि सहकारी उयपुक्त माध्यम : जिसी

Kumari bank ad

बागलुङ । राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि सहकारी उपयुक्त माध्यम भएको बताउनु भएको छ ।

 

बागलुङ नगरपालिका वडा नं. ८ सिगानास्थित श्री गणेश व्यवसायिक कृषि सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभाको बुधवार उद्घाटन पछि उहाले यस्तो बताउनु भएको हो ।

सहकारीमार्फत कृषकहरुलाई कृषि समन्धी ज्ञान उपलब्ध गराई सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणको काम सहकारी गर्नु पर्नेमा उहाँको जोड थियो । व्यक्तिगत उत्पादन र सामुहिक व्यवस्थापनका लागि सहकारी उपयुक्त माध्यम भएको उहाँको भनाइ थियो ।

कृषि उत्पादन बढाउनका लागि आवश्यक स्रोतको व्यवस्थापन सहकारीले गरिदिएर कृषकलाई निर्धक्क उत्पादनमा लगाउने र संकलन र बजारीकरणको व्यवस्थापन स्थानीय सरकार र सहकारीले गर्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषिको व्यवसायिकीकरणका लागि कृषि सम्बन्धी प्राविधिक ज्ञानको आवश्यकतामा जोड दिनुभयो । ज्ञान भएन भने उत्पादन बढाउन गाह्रो हुन्छ, प्रमुख भट्टराईले भन्नुभयो–कृषकलाई प्राविधिक ज्ञान दिनका लागि कृषि ज्ञान केन्द्र सदैव तयार छ ।

बागलुङ नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जीत बहादुर जिसी (राजन) ले वडा कार्यालयले व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्ने कृषकहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार अनन्त बहादुर खड्का, वडा सदस्य पदम कुमारी जिसी, सुन्तला जोन म्याग्दीका सञ्चालक रेशम थापा लगायतले शुभकामना गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, सचिव रमेश थापाको सञ्चालन र लेखा समिति संयोजक शिव खड्काको स्वागतमा सम्पन्न भएको थियो । संस्थाले सुन्तला, तरकारी उत्पादनमा सदस्यहरुलाई केन्द्रीत गराउनुका साथै सदस्यहरुले उत्पादन गरेको सुन्तलाको भण्डारणका लागि २१ लाख ४० हजारको लागतमा कोल्ड स्टोर निर्माण गरी कृषकहरुलाई सहजता प्रदान गरेको छ । कृषकहरुलाई उत्पादनका लागि आवश्यक स्रोतको व्यवस्थापनमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष खड्काले बताउनुभयो ।

साधारणसभाले सचिव रमेश थापाले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिल बहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

वि.सं.२०७७ पुस २९ बुधवार १२:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...