back
NMB ad

लकडाउनले जुराएको व्यवसाय : पाँचखालमा कफी सप सञ्चालन

Kumari bank ad

काठमाडौं । कोरोना महामारीले धेरैको व्यवसायमा समस्या थोपरी दियो ।

भएको व्यवसाय सञ्चालन गरेर परिवार पाल्दै आएका निम्न मध्यमवर्गका व्यवसायीले महामारीपछि आफ्नो व्यवसाय चौपट भएको बताइरहेका बेला पाँचखालका व्यवसायी नवीन प्रकाश निरौलाले भने बन्दाबन्दीपछि नयाँ व्यवसायको थालनी गरेका छन् ।

पाँचखाल नगरपालिका–४ तामाघाटका व्यवसायी उनले बजारमा नै पहिलोपटक नयाँ व्यवसाय बेकरी र कफी सप सञ्चालनमा ल्याएका हुन् । करिब २५ लाखको लगानीमा सञ्चालन गरेको ‘बार्स बेकरी एण्ड कफी सप’ सञ्चालनमा आएपछि कफीका पारखीका लागि आकर्षणको केन्द्र नै बनेको छ ।

अरनिको राजमार्गअन्तर्गत पर्ने सो क्षेत्रमा सञ्चालनमा ल्याएको कफी सपले उहाँको व्यवसाय मात्रै चलेको छैन, अन्य पाँच जनालेसमेत रोजगारी पाइरहेका छन् ।

‘पाँचखाल क्षेत्रमा नै भनेको जस्तो, ग्राहकले खोजेको कफी शप थिएन, ग्राहकको रोजाइअनुसारको व्यवसाय पनि सञ्चालन गर्नुपर्यो भन्ने सोचका साथ यो नयाँ व्यवसाय थालनी गरेको हुँ,’ उनले भने , ‘अहिले राम्रोसँग नै चलिरहेको छ ।’

नगरपालिकाअन्तर्गत अरनिको राजमार्गको खावा, केराघारी र ३८ किलो क्षेत्रबाहेक पाँचखाल बजार क्षेत्रमा कफी शप सञ्चालनमा थिएन । अहिले उहाँले कफी शप सञ्चालनमा ल्याएसँगै कृषि नगर पाँचखाल क्षेत्रमा व्यावसायिक संस्था विस्तारै विस्तार हुँदै गएको नगरपालिकाले जनाएको छ ।

उनले थालनी गरेको सो व्यवसाय करिब एक महिना भयो । बन्दाबन्दीपछि किताब र स्टेसनरीको व्यवसाय खासै नभएपछि त्यससँगै गुणस्तर बेकरी उत्पादन गर्नुका साथै कफी शप सञ्चालनमा ल्याएको उहाँले बताए। पच्चीस वर्ष अगाडिदेखि स्टेसनरी सञ्चालन गर्दै आएका उनले अर्को व्यवसाय पनि सुरु गरेका हुन् ।

अहिले उनको पसलमा केक, कुकिज, पेष्ट्रि लगायतको उत्पादन तथा बिक्री भइरहेको छ । ‘अहिले बजारमा अलि अखाद्य वस्तु हालेर बेकरी बनाएर उत्पादन गरिरहेको देखेको छु, व्यवसाय गरेपछि राम्रो चिज हालेर उत्पादन गर्ने सोचका साथ त्यसलाई पनि उत्तिकै प्राथमिकतामा राखेर अगाडि बढिरहेको छु,’ उनले भने, ‘अहिले नेपालीमा कफी खाने संस्कारको पनि विकास हुँदै गएको अवस्थामा पाँचखाल क्षेत्रमा नै यस्तो खालको व्यवसाय नभएका कारण पनि दुवैलाई जोडेर सँगसँगै व्यवसाय सञ्चालन गरेको हुँ ।’

उद्योग वाणिज्य सङ्घको उपाध्यक्षसमेत रहनुभएका उहाँले त्यससँगै व्यवसाय विस्तारका लागि समाजकल्याण चोकमा सोरुमसमेत सञ्चालन गर्ने तयारी गरेका छन् ।

वि.सं.२०७७ माघ ११ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे १०औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०१

काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)...

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

ब्रिटिस कलेजद्वारा पुनः अन्तर्राष्ट्रिय ‘स्टुडेन्ट एक्सचेन्ज’ कार्यक्रमको आयोजना

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले यस पटक पनि अन्तर्राष्ट्रिय...

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन कार्यक्रम

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

काठमाडौं ।नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च...

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु सहभागी

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०७

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका...

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...