सकियो भैरवकुण्ड जलविद्युत आयोजना पुनर्निर्माण

काठमाडौं । निजी लगानीमा निर्माण भएको ३ मेगावाटको भैरवकुण्ड जलविद्युत आयोजना सञ्चालनमा आएको छ ।

वर्षादमा आयोजनाको संरचनामा क्षति पुर्याउँदा आयोजनाबाट बिजुली उत्पादन बन्द भएको थियो । जलविद्युत केन्द्र पुनर्निर्माणपछि शनिबारबाट सञ्चालनमा आएको हो । आयोजना भैरवकुण्ड हाइड्रो पावर कम्पनी लिमिटेडले बनाएको हो ।

२०७७ जेठ २ गतेको बाढीले जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको थियो । जलविद्युत केन्द्रको उत्पादन सुचारु गरी लामोसाँघु सबस्टेसनमा लगेर जोडिएको छ । बिजुली उत्पादन बन्द हुँदा कम्पनीले करोडौं रुपैयाँ आम्दानी गुमेको छ । ‘

२०७७ माघ ११ गते १५:५२ मा प्रकाशित

You can share this post!

आउँदो माघ १५ देखि पठनपाठन शुरु गर्ने निर्णय !

आउँदो माघ १५ देखि पठनपाठन शुरु गर्ने निर्णय !

Related posts