फागनु ६ गते मोलुङ्ग हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा

काठमाडौं । फागनु ६ गते मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारण सभा रजिष्टर्ड कार्यालय, रविभवन, काठमाडौंमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । आईपीओ निष्कासन गर्ने सम्बन्धमा सभामा छलफल हुने कम्पनीले जनाएको छ । त्यस्तै शेयर निष्कासन तथा विक्री प्रबन्धक नियुक्ति गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७६/७७ को आय व्यय हिसाव, नाफा/नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।

२०७७ माघ १२ गते ०८:५८ मा प्रकाशित

You can share this post!

साढे ५१ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, ६ महिनामा कमायो १ अर्ब २१ करोड

साढे ५१ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, ६ महिनामा कमायो १ अर्ब २१ करोड

Related posts