back
NMB ad

स्वरोजगार बन्दै पोर्चुगलमा रहेका नेपाली

Kumari bank ad

पोर्चुगल । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् ।

कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

हुन पनि सन् २०२० को शुरुआतसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक सङ्क्रमित भए । ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपतकाल घोषणा गरे ।

रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँ बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि सङ्ख्या बढ्दै गएको छ ।

यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता (फुण्दो) पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान निकै समस्या छ ।

शुरूआतका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समसयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो सङ्ख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुआत गर्दै नेपालीले पनि मनग्ये आम्दानी गर्न थालेका छन् ।

पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल आउनुभएका घनश्याम भुुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०र१२ प्लेट माग आउने गर्थ्यो । सुरुमा मःम एक्लै बनाउँदै आउनुभएको तर अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमती र आफू मःम बनाउँनै व्यस्त हुनुहुन्छ । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको बताउनुहुन्छ उहाँ ।

उहाँ मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त हुनुहुन्छ । उहाँ नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड आउनुभयो, तर बसाइँ अनुमतिपत्र बनाउन सहज हुने हुटहुटीले पोर्चुगल आउनुभयो ।

उहाँ पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उहाँले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थाल्नुभयो । उहाँलाई हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।

बनेपाका कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै व्यस्त हुनुहुन्छ । उहाँ पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लाग्नुभयो । दश वर्षे जनयुद्धमा होमिनुभएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली देश पोर्चुगलमा हुनुहुन्छ । रोजगारीको खोजीमा विदेशिनु भएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो ।

जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उहाँले पनिर बनाउँदै आउनुभएको छ । दैनिक आठ घण्टा काम गर्दा मासिक ६ सय ६५ युरो पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफैँ घरमा पनिर बनाउँदा मासिक एक हजार युरोसम्म कमाइ भएको छ ।

“मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु”, उहाँले भन्नुभयो ।

उहाँहरु त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सङ्ख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागजपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको सङ्ख्या पनि थुप्रै छ ।

घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिनुहुन्छ पोर्चुगलमा ।

कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

वि.सं.२०७७ माघ १५ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...